फस्टाउँदै ‘ड्रागन फ्रुट’

तुलसीपुर- लामो समय राजनीति गर्नुभएका पूर्वमन्त्री लोकेन्द्र विष्ट अहिले कृषि खेतीमा रमाइ रहेका छन् । उनले लगाएका ‘ड्रागन फ्रुट’ अहिले राम्रोसँग फस्टाउँदै गएको छ । ‘सूर्यमुखी’ झै सूर्यतिर फर्किएका ड्रागन फूल हेरेर अहिले उनि खुशी छन्। “राति फूलको कोपिला लाग्दा बिहान फूल आउँछ भन्ने थाहा पाएँ”, उनले भने “यही भएर बिहान खुसीका साथ सबेरै  उठ्दा […]

सम्बन्धित सामग्री

सामूहिक ड्रागन फ्रुट खेती

पोखरा– सामूहिक प्रयासमा पोखरामा नमुना ड्रागन फ्रुट खेती उत्पादन गर्ने कार्य सुरु गरिएको छ । पोखरा रामघाट क्षेत्रमा हाल एउटा क्षेत्रमा व्यवस्थित ढंगले लगाइएको ड्रागन फ्रुट खेतीले पोखरामा यो पेसा अपनाउनेहरूका लागिसमेत प्रेरणाको स्रोत बन्न सक्ने भएको छ । नमुना ड्रागन फ्रुट फार्म बन्दा आफूलाई सबैभन्दा आनन्द आएको ड्रागन फ्रुट खेतीका संयोजक राजकुमारी पुनले बताइन् […]

गोल्ढुङ्गामा व्यावसायिक रुपमा ड्रागन फ्रुट खेती

काठमाडौँ,३ असोज । तारकेश्वर नगरपालिका वडा नं ५, गोल्ढुङ्गाको धितालथोकमा गरिएको ड्रागन फ्रुट खेती । स्थानीय किसान रामेश्वर धितालले ट्राभल्स एजेन्सीको रोजगारी छाडेर विसं २०७७ देखि ड्रागन फ्रुट खेती गरेको हो । उनले आफ्नो र भाडामा गरी पाँच रोपनी जग्गामा रु २० लाखको लगानीमा ९०० ड्रागन फ्रुटका बिरुवा लगाएका छन् । तस्बिर : हरिराम भेटुवाल/रासस

युुट्युबमा हेरेरै ड्रागन फ्रुट खेती

गुर्भाकोट नगरपालिका–१४ भर्लेनीका ३२ वर्षीय हिराबहादुर घर्ती गोर्खा वेलफेयर ट्रस्ट क्याम्प चिसापानी, सुर्खेतमा कार्यरत थिए । उनले त्यहाँ मेडिकल साइटमा काम गर्थे । त्यो बेला ड्रागन फ्रुट खेतीको बारेमा सुनेका उनले त्यसबारे जान्न युट्युबमा त्यस सम्बन्धी सामग्री हेर्न थाले ।उसो त उनको जागिर पनि राम्रै थियो । मासिक ९० हजारदेखि एक लाखसम्म तलबभत्ता नै हुन्थ्यो । तर पनि उनलाई ड्रागन फ्रुट खेतीतर्फ आकर्षण बढ्यो । ०७८ असारदेखि उनले भर्लेनी गाउँस्थित आफ्नै एक बिगाहा जमिनमा उनले ड्रागन फ्रुट खेती सुरु

७० लाख लगानीमा ड्रागन फ्रुट खेती

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक ड्रागन फ्रुटको व्यावसायिक खेती गरिएको छ ।वीरेन्द्रनगर–१२ नेवारेमा मालिका कृषि तथा ड्रागन फ्रुट फर्मले ड्रागन खेती सुरु गरेको हो । कर्णाली प्रदेशमै नयाँ खेतीका रुपमा रहेको व्यवसायिक ड्रागन खेती दुई बर्ष पहिले पद्मा रावतले सुरु गरेकी हुन् ।ड्रागन फ्रुटले अहिले फल दिन थालिसकेको छ । हालसम्म एक क्वीन्टल बिक्री […]

७० लाख लगानीमा ड्रागन फ्रुट खेती

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक ड्रागन फ्रुटको व्यावसायिक खेती गरिएको छ ।वीरेन्द्रनगर–१२ नेवारेमा मालिका कृषि तथा ड्रागन फ्रुट फर्मले ड्रागन खेती सुरु गरेको हो । कर्णाली प्रदेशमै नयाँ खेतीका रुपमा रहेको व्यवसायिक ड्रागन खेती दुई बर्ष पहिले पद्मा रावतले सुरु गरेकी हुन् ।ड्रागन फ्रुटले अहिले फल दिन थालिसकेको छ । हालसम्म एक क्वीन्टल बिक्री […]

'ड्रागन फ्रुट' खेती कर्णालीका लागि नयाँ सुरुआत : मन्त्री शाही

काठमाडाैं : कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले ड्रागन फ्रुट खेती कर्णालीका लागि नयाँ सुरुआत भएको बताएका छन्।प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेत नेवारेस्थित मालिका कृषि तथा ड्रागन फ्रुट फर्मको आज उद्घाटन गर्दै सहकारीमन्त्री शाहीले मेहनती कृषकका कारण कृषि क्षेत्र व्यावसायिक प्रवर्धन र उन्नति हुने बताए। उनले भने, 'ड्रागन फ्रुट उत्पादनमा वृद्धि गर्नुस्, बजारीकरणमा समस्या देखिए प्रदेश सरकारले त्यसको सहजीकरण गर्छ।'

ड्रागन फ्रुट खेतीबाट मनग्य आम्दानी

बारा-  बाराको निजगढ नगरपालिका-७ भमराटोलमा नेकपा एमाले मधेस प्रदेश सदस्य तथा किसान एकबहादुर श्रेष्ठले विगत तीन वर्षअघि सुरु गरेको नौलो तथा मिठो फल ड्रागन फ्रुट खेतीमा सफलता प्राप्त गर्दै गएका छन् । आफूले थालेको सो खेतीबाट राम्रो आम्दानी पनि हुन थालेपछि उनी खुसी देखिएका छन् । जिल्लाकै पहिलो व्यवसायको रूपमा श्रेष्ठले हेर्दै रहरलाग्दो, आर्गानिक तथा […]

फस्टाउँदै ‘ड्रागन फ्रुट’

काठमाडौँ,३१ जेठ । लामो समय राजनीति गरेका पूर्वमन्त्री लोकेन्द्र विष्ट अहिले कृषि खेतीमा रमाइरहेका छन् । उनले लगाएको ‘ड्रागन फ्रुट’ अहिले राम्रोसँग फस्टाउँदै गएको छ । ‘सूर्यमुखी’ झै सूर्यतिर फर्किएका ड्रागन फूल हेरेर अहिले उनी खुशी छन् । “राति फूलको कोपिला लाग्दा बिहान फूल आउँछ भन्ने थाहा पाएँ”,उनले भने“यही भएर बिहान खुसीका साथ सबेरै उठ्दा […]

पूर्वमन्त्री लोकेन्द्र विष्टको खेती : फस्टाउँदै ‘ड्रागन फ्रुट’

लामो समय राजनीति गर्नुभएका पूर्वमन्त्री लोकेन्द्र विष्ट अहिले कृषि खेतीमा रमाइरहनुभएको छ । उहाँले लगाउनुभएको ‘ड्रागन फ्रुट’ अहिले राम्रोसँग फस्टाउँदै गएको छ । ‘सूर्यमुखी’ झै सूर्यतिर फर्किएका ड्रागन फूल हेरेर अहिले उहाँ खुशी हुनुहुन्छ । “राति फूलको कोपिला लाग्दा बिहान फूल आउँछ भन्ने थाहा पाएँ”,उहाँले भन्नुभयो“यही भएर बिहान खुसीका साथ सबेरै उठ्दा फूलेका ड्रागनका फूल […]

चितवनका किसान ड्रागन फ्रुट खेतीमा आकर्षित

चितवन । केरा, पोल्ट्री, मौरी, तरकारीको पकेट क्षेत्र चितवनमा पछिल्लो समय ड्रागन फ्रुट खेतीमा किसानको आकर्षण बढ्दै गएको छ । साना किसानदेखि जिल्लाका अन्य क्षेत्रका व्यवसायीले पनि ड्रागन फ्रुट खेती गर्न थालेका छन् । विगत ३ वर्षयता चितवनमा करीब २५ बिघा जमिनमा व्यावसायिक रूपमा ड्रागन फ्रुटको खेती हुँदै आएको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ । बागमती प्रदेश कृषि विकास मन्त्रालयका प्रवक्ता राजन ढकालले मन्त्रालयले चितवनका लागि विशेष प्राथमिकतामा राखेर ड्रागन फ्रुटको खेती विस्तारका लागि काम शुरू गरेको बताए । उनका अनुसार सामूहिक रूपमा १६ बिघा क्षेत्रमा ड्रागन फ्रुट खेती विस्तार भएको छ भने व्यक्तिगत साना किसानले पनि ८÷१० बिघामा खेती गरिसकेका छन् । वर्षेनि ड्रागन फ्रुट खेती गर्ने किसानको संख्या बढ्दै गएको ढकालले जानकारी दिए । शैक्षिक उद्यमी शम्भु सुवेदी र उनको समूहले भरतपुर गौरीगञ्जमा सत्सवेदा साइन्स एण्ड एग्रिकल्चर फार्म हाउस दर्ता गरेर २ वर्षदेखि डेढ बिघा जमिनमा ५ हजार बिरुवा रोपेर यो खेती गरेका छन् । कृषि ज्ञान केन्द्रको ड्रागन पु्रmट पकेट कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा यो खेती शुरू गरिएको सुवेदीले बताए । हालसम्म ४० लाख रुपैयाँ लगानी भइसकेको उनको भनाइ छ । ड्रागन फल स्वास्थ्यका दृष्टिकोणले धेरै लाभदायी रहेको र एक पटक रोपेपछि २० वर्षसम्म उत्पादन लिन सकिने भएकाले आफूहरू यसको खेतीमा लागेको सुवेदीको भनाइ छ । हाल यसको बजार मूल्य प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म रहेको बताइएको छ । यस्तै, भरतपुर महानगरपालिका–२६ दिव्यनगरमा दुई दाजुभाइ पदमबहादुर गुरुङ र ताइबहादुर गुरुङले ५० लाख लगानीमा गंगाश्री बहुउद्देश्यीय कृषि फार्म खोलेर एक बिघाभन्दा बढी जमिनमा ड्रागन फ्रुट खेती गरेका छन् । विदेशको रोजगारीबाट फर्किएका उनीहरूले यसमा राम्रो सम्भावना देखेकाले खेती थालेका हुन् । साथै भरतपुर महानगर–२१ पार्वतीपुरका किसान नारायणप्रसाद सोतीले ५ कठ्ठा क्षेत्रफलमा आफ्नो करेसा बारीमा ड्रागन फ्रुट खेती गरेका छन् । खेर गएको जमिनको सदुपयोग हुने र ड्रागन फ्रुटको बोटबीच अन्तरबाली लगाउन समेत मिल्ने भएकाले आफूले परीक्षणका रूपमा यसको खेती गरेको उनले सोतीले बताए । चितवनमा ड्रागन फ्रुटका लागि उपयुक्त हावापानी तथा माटो रहेको र यसको माग उच्च भएकाले आफूहरू यस खेतीमा आकर्षित भएको किसानहरूको भनाइ छ । चितवनमा ड्रागन फ्रुटको खेती अहिलेसम्म परीक्षणकै भएको प्रदेश कृषि मन्त्रालयका प्रवक्ता ढकालले बताए । यो खेतीका लागि पानी नजम्ने बलौटे प्रकारको माटो चाहिने उनको भनाइ छ ।