सोलुखुम्बु - सोलुखुम्बुमा तीन महिनामा मनाङ एअरका दुई वटा हेलिकप्टर दुर्घटनामा परे । मनाङ एअरले असार २६ गते र असोज २७ गते भएको हेलिकप्टर दुर्घटनामा दुई जना पाइलट गुमायाे।
गएकाे असाेज २७ गते शनिवार साेलुखुम्बुको लाेबुचेमा मनाङ एअरको हेलिकप्टर नाइन एन–एएनजे दुर्घटना हुँदा घाइते भएका पाइलट प्रकाशकुमार सेढाईँकाे हिजाे बुधवार ज्यान गएकाे हाे । मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेर घाइते हुनुभएका सेढाईँकाे भारतको नेशनल बर्न सेन्टर मुम्बईमा उपचारका&nb...