नेपाली भूमि लिपुलेकमा भारतले एकतर्फी सडक निर्माण गरिरहेको प्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति प्रकट गरेको छ । कालापानी लिपुलेक नेपाली भूमि भएको बताउँदै पार्टीले त्यहाँ भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्ने राप्रपाले माग पनि गरेको छ ।महामन्त्री भुवन पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रूपमा सडक निर्माण गरिरहेको र केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र