प्रधानमन्त्रीको विषयमा नरोत्तम वैद्यले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना

काठमाण्डाै - नेपाली कांग्रेसका वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभाको बैठकमै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ । वैद्यले शुक्रवार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देश डुबाउन लागेको भन्दै देशमा कोही नाथुराम गोड्से जस्तो व्यक्ति चाहिएको भन्नुभएको थियो । नाथुराम गोड्सेले महात्मा गान्धीको हत्या गरेका थिए । प्रदेश सभा सदस्य वैद्यको यो अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ । एमालेका नेताहरुले तत्कालै पक्राउ गर्न माग गरेका छन् । न...