नेकपाका दुवै पक्षले निर्वाचन आयोगलाई बुझाए जवाफ, कुन पक्षको जिकिर कस्तो ?

पार्टीको आधिकारिकतासम्बन्धी विवादमा नेकपाका दुवै पक्षले निर्वाचन आयोगलाई जवाफ पठाएका छन् । आयोगले दिएको सात दिने म्यादको अन्तिम दिन केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल 'प्रचण्ड'–माधवकुमार समूहले आयोगलाई जवाफ पठाएका हुन् । निर्वाचन आयोगले दुवै पक्षबाट जवाफ प्राप्त भएको जनाएको छ । स्रोतका अनुसार नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन नै नभएको जिकिर गरेका छन् । अर्को समूह भनिएका प्रचण्ड पार्टीको अध्यक्ष र माधव नेपाल वरिष्ठ नेता कायम रहेको जवाफ ओलीले दिएका छ...