म्याग्दी : कोरोना संक्रमणले गालेर बाँच्ने आशा मारेकी ९६ वर्षीया वृद्धा गाउँकै अस्पतालमा उपचारपश्चात् संक्रमणमुक्त भएपछि स्वास्थ्यकर्मीहरूको चौतर्फी प्रशंसा भएको छ।म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम निवासी ९६ वर्षीया वृद्धले कोरोना भाइरस संक्रमणलाई जितेकी हुन्। दग्नामको कान्छी गाउँ घर भएकी इनरुपीदेवी पुनले गाउँपालिकाकै कोरोना अस्पतालमा उपचार गरी कोरोनाबाट निको भएकी हुन्।७ दिनअघि कोरोना संक्रमणका कारण स्वासप्रश्वास अवरोध र ज्वरो लगायतका समस्या देखिएपछि पुनलाई अस्पतालमा भर