फोहर व्यवस्थापनमा रत्ननगरलाई उत्कृष्ट पुरस्कार

चितवन, ४ वैशाख । देशभरका पालिकालाई फोहर व्यवस्थापन चुनौती बनिरहेका बेला यहाँका रत्ननगर नगरपालिकाले नमूना फोहर व्यवस्थापन गरेर उदाहरणीय काम गरेको छ । यही कामले देशभरका ७५३ पालिकालाई उछिनेर नगरपालिकाले उत्कृष्ट पुरस्कार हात पारेको छ । नेपाल नगरपालिका सङ्घले सहरी सरसफाइ परियोजनाअन्तर्गत दिसाजन्य लेदो व्यवस्थापनसम्बन्धी नीतिगत पैरवी कार्यक्रम ‘युनाइटेड सिटिज् लोकल गर्भर्मेन्ट एसिया प्यासेफिक’सँगको सहकार्य […]