धनगढी – आगामी स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि सरकारले आह्वान गरेको म्यादी प्रहरीमा सुदूरपश्चिममा मागभन्दा झण्डै तीन गुणा बढी आवेदन परेको छ। नौ हजार ९३७ जना म्यादी प्रहरी माग भएकोमा २९ हजार ६८२ जनाले आवेदन दिएकाे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। आवेदन दिनेमध्ये सात हजार ४६ महिला छन्। सुदूरपश्चिमका विभिन्न जिल्लाबाट २६२ जना पूर्वसैनिक, […]