“ओछ्यानमा सुतिरहेकी मेरी नौ वर्षकी छोरीलाई घिसारेर खाने चितुवा यही हो !” विशालपुर डाँफेपीपल गाउँकी गुनडी लोहार आँसु खसाल्दै भीडमा आईपुग्नुभयो । भीडको बीचमा खोरबाट निकालिएको चितुवा थियो । चितुवा गुनडी लोहारको गाउँमै विज्ञले थापेके खोरमा फसेको हो ।
कोरोना भाइरसको त्रासले ११ दिनसम्म घरभित्र बसेका विलापुरबासी शनिबार नरभक्षी चितुवा हेर्न ठूलो भीड जम्मा गरेर घरबाहिर निस्किए । प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे पर्यो ।