अन्ना युनिभर्सिटी चेन्नई भारतबाट एमबीए मार्केटिङ एन्ड फाइनान्स, काठमाडौं युनिभर्सिटीबाट एमफिल फाइनान्स एन्ड स्टक मार्केट अफ नेपाल र आन्ध्रा विश्वविद्यालयबाट फाइनान्स एन्ड स्टक मार्केट अफ इन्डियामा पीएचडीसम्मको अध्ययन गरेका अर्थविद् डा. सुरेन्द्र झा राष्ट्रिय जनता पार्टीका सहमहामन्त्री हुन् । उनको परिवारको राजनीतिक पृष्ठभूमि नेपाली कांग्रेसको हो ।