सामुदायिक र निजी क्षेत्रका विद्यालयहरूमा काम गर्ने शिक्षकहरूले रोजगारी गुमाउने, लकडाउनभरि तलब नपाउने र अन्य आर्थिक समस्याहरू भोग्नुपरेको तीतो यथार्थलाई यहाँ बिर्सन सकिँदैन । कोभिड–१९ को संकटले गर्दा घरबाटै काम गर्ने, घरमै बसेर अध्ययन गर्ने र घरैबाट सिकाउने जस्ता कार्यहरू सूचना–प्रविधिको विकासले सम्भव बनाइदिएको छ, जसमा धेरै शिक्षकहरू घरैबाट सिकाउने अभियानमा आफूलाई विकसित प्रविधिसँग परिचित […]