सुरुङमार्ग निर्माणमा सहकार्य

बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने हेटौंडा–काठमाडौं छोटो मार्गमा सुरुङमार्ग निर्माण गर्न संघीय सरकारले तत्परता देखाएको छ । संघीय सरकारले आर्थिक वर्ष २०७७÷०७८ का लागि बिहीबार प्रस्तुत गरेको बजेटमा प्रदेश सरकारसँग सहकार्य गरी भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन पूरा गरी काम सुरु गर्ने उल्लेख छ । भीमफेदी–कुलेखानी सुरुङमार्गसहित अन्य दुई स्थानमा सुरुङमार्ग र सडक स्तरोन्नतीसमेतका लागि ६ अर्ब ४२ करोड छुट्याइएको छ । बागमती प्रदेश सरकारले २ वर्षदेखि सुरुङमार्ग निर्माणलाई २ वर्षदेखि प्रदेश गौरवको आयोजना घोषणा गरेको छ ।