नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बदनाम गराउने उद्देश्यले पछिल्लो समय प्रकाशित केही समाचारप्रति अध्यक्ष प्रचण्डको निजी सचिवालयले भर्त्सना गरेको छ । साथै त्यसरी दुष्प्रचार गर्नेमाथि कारबाही गर्न निर्वाचन आयोग र सम्बन्धित सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ । ‘हिजो कार्तिक २२ गते कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा भएका विशाल जनसहभागितासहित सम्पन्न भएका चुनावी सभाहरूबाट अत्तालिएका जनविरोधी, राष्ट्रघाती र परिवर्तन विरोधी तत्त्वहरूको नियोजित उक्साहटमा अध्यक्ष क