कोरोना खोप लगाएको तीन घण्टामा मृत्यु

काठमाडौं : डोटीमा एक जनाको कोरोनाविरूद्ध दोस्रो मात्रा खोप लगाएको तीन घण्टामै मृत्यु भएको छ। शिखर नगरपालिका–२ घगडाका ५८ वर्षीय लालबहादुर बोगटीको आज बिहान साढे ११ बजे मृत्यु भएको हो।गाउँ नजिकैको खोप केन्द्रमा भेरोसेलको दोस्रो मात्रा लगाएर घर गएको केही समयमै बोगटीको मृत्यु भएको शिखर नगरपालिकाका स्वास्थ्य एकाइ प्रमुख हरिष शाहले जानकारी दिए।‘बिहान साढे ८ बजे खोप लगाएर करिब पौने घण्टाको बाटो हिँडेर घर गएर खाना खाइसकेपछि उनको मृत्यु भएको बुझिएको छ’ शाहले भने। उनको मृत्य खोपका का