काठमाडौं। चीनले अमेरिकालाई चुनौती दिन नेपाल, पाकिस्तान र अफगानिस्तानलाई समेटेर ‘हिमालयन क्वाड’ बनाउन लागेको हङकङको पत्रिका ‘दिस विक इन एसिया’ले जनाएको छ। अमेरिकाले चीनको विस्तारलाई रोक्न हिन्द-प्रशान्त क्षेत्रमा भारत, अष्ट्रेलिया र जापानलाई समेटर ‘क्वाड’ समूह बनाएपछि चीनले पनि ‘हिमालयन क्वाड’ स्थापना गर्न चाहेको जनाइएको छ। यसमा नेपाल, पाकिस्तान र अफगानिस्तानले सहमति जनाइसकेको वा नसकेको बारे केही उल्लेख छैन।