मन्त्रीनिवास वरपरका स्थानीयको माग सम्बोधन गर्नुपर्छ : सांसद कार्की

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले भैँसेपाटीस्थित संघीयमन्त्री निवास वरपरको बाटो व्यवस्थित बनाउन सरकारसँग माग गरेकी छन्।आइतवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले स्थानीय बासिन्दाले उक्त मन्त्री निवासको पश्चिमतिरको बाटो पनि फराकिलो बनाउन गरेको माग तत्काल सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताइन्। स्थानीयको जग्गा र जनताको करबाट मन्त्री निवास बनाउने तर स्थानीयले उचित बाटोको व्यवस्था गर्न राखेको माग सम्बोधन नगर्ने काम सरकारले गर्न नहुने सांसद कार्कीको भनाइ थियो