‘स्टोर प्रयोजन’ का नाममा नेता र आफन्तको रजगज

वीरेन्द्रनगर–७ स्थित मुख्यमन्त्री निवासको बायाँतर्फ आर्थिक मामिला तथा योजनामन्त्रीको सरकारी निवास छ । सरकारी आवास क्षेत्रमा पनि मन्त्री र अन्य उच्च पदस्थ कर्मचारीका लागि भवन उपलब्ध छन् । तर मन्त्री गोपाल शर्मा ती सरकारी भवनमा बस्दैनन् । मन्त्रालयले वीरेन्द्रनगरको इत्राम शंकरचोकस्थित डन्डप्रसाद न्यौपानेको घरका दुई तला ‘स्टोर प्रयोजन’ का लागि भन्दै भाडामा लिएको छ ।