अमेरिका गोली काण्ड : बाइडेन पुगे उल्भाडो, न्याय विभागले छानबिन गर्ने

काठमाडौं : अमेरिकाको टेक्सासको उभाल्डेको एक विद्यालयमा भएको सामूहिक गोलाबारीमा २१ जनाको मृत्यु भएको घटनामा अमेरिकी न्याय विभागले छानविन गर्ने भएको छ। सामूहिक गोलाबारीमा १९ बालबालिका र दुई जना शिक्षकको ज्यान जानेगरी भएको प्रहरी प्रतिक्रियाको विभागले छानबिन गर्न लागेको बिबिसीले जनाएको छ। बन्दुकधारीसँग फसेका बच्चाहरुले ९ सय ११ पटक कल गर्दासमेत अधिकारीहरु हलवेमा पर्खिरहेका कुरा बाहिरिएपछि स्थानीयहरु आक्रोशित भएका छन्। यसैबीच, आक्रमणबाट प्रभावित परिवारलाई भेट्न अमेरिकी राष्ट्रपति जो बा