लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत

काठमाडौं : लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत चयन भएका छन्। दाङ क्षेत्र नम्बर ३ (१) बाट प्रदेश सभामा निर्वाचित चौधरी हाल पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री छन्। संस्थापन पक्षका चौधरी संविधानसभाका सदस्य समेत हुन्। नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेताका लागि आधा दर्जन आकांक्षी थिए। संस्थापन पक्षबाट डिल्ली चौधरी, राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिनाले संसदीय दलको नेतामा दाबी गरेका थिए। संस्थापनइतरबाट वीरबहादुर राना र निमा

सम्बन्धित सामग्री

चौधरी बने लुम्बिनी कांग्रेस संसदीय दलको नेता

लुम्बिनी प्रदेश सभा नेपाली कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन भएका छन् । नेताका लागि डिल्लीचौधरी, राजु खनाल, अब्दुल रज्जाक, जन्मजय तिमिल्सिना, वीरबहादुर राना र निमा गिरी आकाङ्क्षी थिए ।