पसलमा मूल्यसूची नहुँदा उपभोक्ता ठगिनेक्रम बढ्दो

सोलुखुम्बु– सोलुखुम्बुमा सञ्चालित अधिकांश होटल-पसलमा मूल्यसूची छैन । मूल्यसूची नहुँदा उपभोक्ता ठगिनेक्रम बढ्दो छ । जिल्लामा सञ्चालित अधिकांश होटल र पसलले मूल्यसूचीबिना नै आफूखुसी सामग्री बिक्री गरिरहेका छन् ।  यहाँका अधिकांश होटल र पसलमा मूल्यसूची नहुँदा व्यापारीको मनोमानी बढेको छ । यसको प्रत्यक्ष मारमा परेको उपभोक्ताको गुनासो छ । उद्योग वाणिज्य सङ्घले मूल्यसूची निर्धारण गरी […]

सम्बन्धित सामग्री

पालिकाले तोक्यो मूल्य

हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक नेचासल्यान गाउँपालिकाले दैनिक उपभोग्य सामग्रीको बजार मूल्य तोकेको छ । मूल्यमा एकरूपता नहुँदा उपभोक्ता ठगिने तथा कालोबजारी हुने क्रम बढेपछि पालिकाको सहजीकरणमा मूल्यसूची निर्धारण गरिएको हो ।

पालिकाले तोक्यो मूल्य

हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक नेचासल्यान गाउँपालिकाले दैनिक उपभोग्य सामग्रीको बजार मूल्य तोकेको छ । मूल्यमा एकरूपता नहुँदा उपभोक्ता ठगिने तथा कालोबजारी हुने क्रम बढेपछि पालिकाको सहजीकरणमा मूल्यसूची निर्धारण गरिएको हो ।

सोलुखुम्बुका होटल, पसल मूल्यसूचीविहीन : ठगिँदै उपभोक्ता

सोलुखुम्बु – सोलुखुम्बुमा सञ्चालित प्रायजसाे होटल पसलहरुमा मूल्यसूची नहुँदा उपभोक्ता ठगिने क्रममा बढेकाे छ । जिल्लामा सञ्चालित प्रायजसाे होटल पसलहरुले मूल्यसूची विना नै आफूखुसी सामग्रीहरु बिक्री गरिँदा उपभोक्ता ठगिने क्रम बढेको हो । उभोक्ता हित संरक्षण ऐन व्यवस्था भए पनि यहाँका प्रायजसाे होटल पसलहरुमा मूल्यसूची नहुँदा व्यापारीहरुले मनोमानी मूल्य लिने गरेका छन् । जसले गदौ उपभोक्ता हित संरक्षण ऐन नै कुण्ठित भएको उपभोक्ताहरुको गुनासो छ। जिल्लाको उद्योग वाणिज्य सङ्घले मूल्यसूची निर्धारण गरी सबै साना उद्याेग, ...

कर्मचारी चुनावी तयारीमा खटिँदा बजार अनुगमन फितलो

काठमाडौं । उपभोक्ताको अधिकार संरक्षणको क्षेत्रमा काम गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारी स्थानीय तहको चुनावको तयारीका लागि बाहिरी जिल्लामा खटिँदा काठमाडौं उपत्यकामा बजार अनुगमनको काम प्रभावित भएको छ । विभागका अनुगमन शाखा निर्देशक हरि पंगेनीसहित अन्य चार कर्मचारी स्थानीय चुनावका लागि बाहिरी जिल्लामा खटिएपछि बजार अनुगमनको काम फितलो भएको हो । सरकारले उपभोक्ताको अधिकार संरक्षणलाई भन्दा पनि चुनावलाई बढी महत्त्व दिएको मौका छोप्दै व्यापारीले उपभोग्य वस्तुमा मनपरी मूल्य असुल्न थालेको उपभोक्ताको गुनासो छ । विभागका सहायक सूचना अधिकारी धनेश्वर पौडेलका अनुसार अहिलेसम्म पंगेनीसहित अन्य चार कर्मचारी निर्वाचन अधिकृतका रूपमा चुनावी तयारीमा खटिइसकेका छन् । यद्यपि अहिले नै बजार अनुगमन प्रभावित नभएको उनको दाबी छ । केही दिनमै अन्य कर्मचारी समेत चुनावका लागि खटिनुपर्ने अवस्था आएपछि भने अनुगमनमा कमी आउन सक्ने उनले बताए । उपभोक्ता अधिकारकर्मीहरूले भने अनुगमन शाखा निर्देशकलाई नै चुनावी तयारीका लागि खटाएर सरकारले उपभोक्ताको अधिकारमाथि खेलबाड गरेको बताएका छन् । उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले सरकारको प्राथमिकतामा उपभोक्ता नपर्दाको परिणाम उपभोक्ताले मनपरी मूल्यवृद्धिको सास्ती खेप्नुपरेको बताए । प्रभावकारी अनुगमन नहुँदा व्यापारीहरूले उपभोक्तासँग मनपरी मूल्य असुल्न थालेको उनको भनाइ छ । व्यापारीहरूले यतिबेला खाद्यान्न, फलफूल, तरकारी र माछामासुमा चर्को मूल्य तोक्न थालेको पाइएको छ । खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले अहिले बजारमा उपभोग्य वस्तुको मूल्य महँगो हुनुमा इन्धनको मूल्यवृद्धिपछि ढुवानी भाडा बढ्नु र चुनावको नजिक बजार अनुगमन प्रभावकारी रूपमा नहुनु जस्ता कारण देखाए । १ वर्षको अवधिमा खानेतलेको मूल्य करीब ६० प्रतिशतसम्म बढिसकेको उनले बताए । संघको मूल्यसूची अनुसार एक महीनाअघिको तुलनामा खानेतेलको मूल्य प्रतिलिटर १० देखि १५ रुपैयाँसम्म बढेको छ । यसैगरी चामलको मूल्य प्रतिबोरा ५० रुपैयाँसम्म बढेको छ । दालमा पनि प्रतिकिलो ५ देखि १० रुपैयाँ बढेको छ । वस्तुको मूल्य कम्पनीबाट बढेर नगएको भए पनि बजारमा मूल्यवृद्धि भइरहेको छ । इन्धनको मूल्य बढ्नेबित्तिकै ढुवानी व्यवसायीले भाडा बढाउन थाल्छन्, जसको प्रत्यक्ष असर वस्तुको मूल्यमा समेत पर्ने भएकाले त्यसको सबैभन्दा बढी मारमा उपभोक्ता पर्ने गरेको तुलाधरले बताए । ‘व्यापारीहरूसँग पनि कुनै विकल्प छैन, आफ्नो परल मूल्य अनुसार सामान बेच्नैपर्‍यो,’ उनले भने, ‘त्यसो हुँदा उपभोक्ताको सबैभन्दा बढी गुनासो हामीले नै सुन्नुपर्छ ।’ कालीमाटी फलफूल तथा तरकारी बजारको दैनिक मूल्यसूची अनुसार १ महीना अघिसम्म १९० रुपैयाँ किलोमा पाइने कालो अंगुरको मूल्य अहिले थोक बजारमै २२० रुपैयाँ छ । खुद्रा बजारमा प्रतिकिलो २५० रुपैयाँसम्ममा विक्री भइरहेको पाइएको छ । हरियो अंगुरको मूल्य पनि प्रतिकिलो ३५ रुपैयाँ बढेर १४५ रुपैयाँ पुगेको छ । थोक बजारमा प्रतिदर्जन १५० रुपैयाँमा पाइने केराको मूल्य खुद्रा बजारमा १९० रुपैयाँसम्म पर्न थालेको छ । प्रतिकिलो १६ रुपैयाँमा पाइने गाजरको मूल्य ३० रुपैयाँ पुगेको छ । यस्तै प्रतिकिलो ४० रुपैयाँको काउलीको मूल्य ७० रुपैयाँसम्म पुगेको छ भने कागतीको मूल्य प्रतिकिलो १९० रुपैयाँबाट ३३५ रुपैयाँसम्म पुगेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार व्यापार समितिका अध्यक्ष गीताप्रसाद आचार्यले अहिले हिउँदे तरकारी सकिने बेला भएको र नयाँ सिजनको तरकारी बजारमा आइनसकेकाले मूल्य बढेको बताए । भारतीय बजारबाट आयात हुने कतिपय तरकारीको मूल्य भने उतैबाट महँगिएर आएकाले यहाँ पनि महँगो भएको उनले जानकारी दिए । हाल माछामासुको मूल्य पनि चर्को रूपमा बढेको छ । ब्रोइलर कुखुराको मासुको मूल्य पछिल्लो समय प्रतिकिलो ४३० रुपैयाँसम्म पुगेको छ । गतवर्षको यही समयमा ३५० रुपैयाँ थियो । कुखुराको दाना बनाउने कच्चापदार्थको मूल्य बढेको र पछिल्लो समय कुखुरापालक किसान घटेकाले उत्पादन घटेको छ । सोहीकारण मूल्य बढेको मासु व्यवसायी महासंघका अध्यक्ष जंगबहादुर बिसीले बताए । यसैगरी प्रतिकिलो २५० देखि ३०० रुपैयाँसम्म पर्ने विभिन्न जातका माछाको मूल्य यतिबेला ४५० रुपैयाँसम्म पुगेको छ ।

अधिकांश पसलमा मूल्यसूची नहुँदा उपभोक्ता ठगिएको गुनासो

बजारमा अधिकांश पसलहरूमा मूल्यसूची प्रष्टसँग देखिने गरी टाँस नगर्दा आम उपभोक्ताहरू ठगिन पुगेको गुनासो आएको छ । व्यवसायीहरूले मूल्यसूची अनिवार्य रूपमा राख्नुपर्नेमा अधिकांश पलसहरूमा मूल्यसूची टाँस नगर्दा आम उपभोक्ताहरू ठगिन पुगेको शुक्रबार पोखरामा आयोजित एक कार्यक्रमका सहभागीहरूले गुनासो गरेका छन् ।

आयल निगमको मासिक घाटा ५५ करोड

७ मंसिर, काठमाडौं । इन्धनको मूल्य समायोजन नहुँदा आयल निगमको मासिक घाटा ५५ करोड रुपैयाँ पुगेको छ । भारतीय आयल निगम (आईओसी) बाट बढेर आएको मूल्यअनुसार समायोजन नहुँदा निगमको घाटा चुलिएको हो । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र शाहका अनुसार आईओसीबाट आएको पछिल्लो मूल्यसूची अनुसार निगमलाई इन्धन कारोबारमा पाक्षिक २७ करोड …