अमेरिकाका राष्ट्रपति जो बाइडनले कार्यकाल आरम्भ गर्दा देशमा चरम निराशा र विभाजनको स्थिति छ ।
त्यहाँको लोकतन्त्र नै धरापमा परेको छ । माथिल्लो सदन सिनेटले पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रस्तावमा पुर्पक्ष गर्दैछ ।
अधिकांश अमेरिकीहरू चार वर्षसम्मको नाटकबाट आजित भइसकेका छन् । महामारीले चार लाखभन्दा बढी मानिसलाई मारिसकेको छ । अर्थतन्त्र सुस्त छ र असमान छ । जातीय विभेद चरममा छ । प्रहरीले हिंसा गरिरहेकै छ । अनि पृथ्वी थप तातिरहेको छ ।
धेरै अमेरिकीहरूलाई देश गलत दिशातिर गइरहेको जस्तो लाग्...