सोनाक्षी र जहीरद्वारा प्रेम सम्बन्धमा रहेको खुलासा

सोनाक्षी सिन्हा जहीर इकबालसँगको सम्बन्धलाई लिएर केही समयदेखि चर्चामा छिन् । हालसालै, जुन २ मा सोनाक्षीको जन्मदिन थियो, जहीरले अभिनेत्रीलाई ढिलो गरी जन्मदिनको शुभकामना दिँदै एक भिडियो साझा गरेका छन्। पोष्टमा ‘आई लभ यू’ लेख्दै जहीरले सोनाक्षीसँगको आफ्नो सम्बन्धको औपचारिक जानकारी दिएका छन् । योसँगै सोनाक्षीले पनि पोस्टमा प्रतिक्रिया दिँदै सम्बन्धको पुष्टि गरेकी छिन् ।भिडियोमा सोनाक्षी सिन्हा फ्लाइटमा स्न्याक्स खाइरहेकी देखिन्छन् । अभिनेत्रीप्रति आफ्नो माया व्यक्त गर्दै जाहिरले क्याप्शनम