काठमाडौँ। राप्रपा नेपालले ‘राप्रपा नेपाललाई फेरि उठाउँछौँ’ संकल्प पारित गरेको छ। सोमबार र मंगलबारको पार्टी केन्द्रीय कार्यसमिति बैठकले राप्रपा नेपाललाई फेरि उठाउने संकल्पसहितका १३ बुँदे निर्णय गरेको हो।
बैठकले अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु भण्डारीले प्रस्तुत गरेको निर्वाचन समीक्षा प्रतिवेदनसहित आर्थिक प्रतिवेदन परिमार्जन गरेको हो।