बढी शुल्क लिने मेडिकल कलेजलाई छानबिन गरि कारबाहीको माग गर्दै गृहमन्त्री खाँडलाई ध्यानाकर्षण

काठमाडौं, २७ पुस । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिने विभिन्न कलेजलाई छानबिन गरि कारबाही गर्न माग गर्दै आज संयुक्त विद्यार्थी संगठनले गृहमन्त्री बालकृष्ण खाँडलाई ध्यानाकर्षण गराएको छ । संगठनले बढी शुल्क लिने विभिन्न कलेजलाई छानबिन गरि कारबाही गर्न माग गर्दै मन्त्री खाँडलाई ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएको नेविसंघका महामन्त्री दीपक भट्टराईले बताए । […]