प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गर्दै किसानहरुलाई सहज रुपमा रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । सोमबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पेस गरेको सार्वजनिक जरुरी महत्वको प्रस्तावमाथिको छलफलपछि सभामुख अग्नि सापकोटाले विशेष प्रस्ताव पेश गरेका हुन् । सो प्रस्ताव बैठकमा सर्वसम्मतिले पास भएको हो । जरुरी महत्वको प्रस्तावमा ४८ जना सांसदहरुले विचार राखेका थिए । त्यसपछि कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र रायले जवाफ दिएका थिए । उक्त जवाफ समेतका आधारमा