‘ट्रान्समिसन लाइन निर्माणमा वन ऐनले जटिलता ल्यायो’

उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले जलविद्युत क्षेत्रमा ट्रान्समिसन लाइन निर्माणमा सरकारले ल्याएको वन ऐनले जटिलता ल्याएको बताएका छन् । बुधवार प्रतिनिधि सभा अन्तरर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तनहुँ जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाका सम्बन्धमा भएको छलफलमा बोल्दै सचिव तिवारीले यस्तो बताएका हुन् ।उनले विद्युत सप्लाइको लागि ट्रान्समिटरलाइन बनाउँदा प्रशस्त जग्गाहरू चाहिने बताए । सचिव तिवारीले सरकारले भर्खरै ल्याएको वनको जग्गा प्राप्ति वन नियमावल