काठमाडौं : जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने १६ लाख एष्ट्राजेनेका खोपमध्ये चार लाख डोज खोप आज नेपाल आइपुग्दैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज चार लाख र भोलि चार लाख गरी आठ लाख डोज खोप नेपाल आउने भएको हो।स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आज र भोलि दुई चरणमा आठ लाख खोप जापानबाट आइपुग्ने जानकारी दिए। मन्त्रालयका अनुसार १६ लाखमध्ये बाँकी रहेको आठ लाख डोज खोप अर्को साता नेपाल आउने सम्भावना रहेको छ।भुटानले पनि शुक्रबार करिब तीन लाख डोज एष्ट्राजेनेका ख