गण्डकी ट्याक्सी व्यवसायी पब्लिक लिमिटेडले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेटेर बैंकको किस्ताको समय अवधि थप गरिदिन आग्रह गरेको छ । संस्थाका अध्यक्ष गान्धीराज गिरीको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री पोखरेललाई भेटेर कम्तिमा ६ महिना किस्ता सार्ने व्यवस्था गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । तत्काल सवारी साधन मर्मत गर्नुपर्ने भएकाले व्यवसायीले जुन बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिइएको छ त्यसैमा नै कम्तिमा दुईदेखि पाँच लाख रुपैयाँसम्म कम्तिमा ६ महिनापछि किस्ता शुरु हुने गरि थप