राष्ट्रपति निर्वाचनअघि नै कांग्रेस सरकार सहभागी हुन्छ : पौडेल

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले राष्ट्रपति निर्वाचनअघि नै पार्टी सरकारमा सहभागी हुने बताएका छन् । मंगलबार नेपाल प्रेस युनियन पश्चिम नवलपरासीले भुमहीमा आयोजना गरेको पत्रकार भेटघाटमा पौडेलले केही दिनमै कांग्रेस सरकारमा जाने बताएका हुन् ।