केपी ओलीले दिए मोदीलाई जन्मदिनको शुभकामना

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् ।  मोदीको ७१ औं जन्मदिनको अवसरमा ओलीले ट्वीटरमार्फत् शुभकामना व्यक्त गरेका हुन् ।  उनले जन्मदिनको शुभकामना दिँदै मोदीको सु–स्वास्थ्य तथा खुशीको कामना गरेका छन् ।