प्रहरी नियमावली संशोधनः पदकको अंक ज्येष्ठतामा थपियो, जवानलाई १६ वर्षमा पेन्सन !

सरकारले प्रहरी नियमावली संशोधन गर्दै बढुवा हुँदा पदकबापत २ अंक पाउने व्यवस्था हटाएको छ । अब उक्त २ अंक ज्येष्ठतामा थपिएको छ । प्रहरी प्रधान कार्यालयले सिफारिश गरेभन्दा बाहिरबाट मिलाएर पदक पाउने अनि बढुवा प्रभावित हुने भएपछि यसको चर्को आलोचना भएको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयको सिफारिशमा गृहमन्त्रालयको विधान समितिले निर्णय गरेर संशोधन गरी पारितका लागि मन्त्रिपरिषद्मा पठाएको थियो ।  ‘पदक विवादमा आएपछि आईजीपीसा’ब र गृहसचिवको पहलमा नियमावली संशोधन गरेर २ अंक हटाइएको हो,’ प्रहरी प्...

सम्बन्धित सामग्री

प्रहरीमा १६ वर्षमै ‘पेन्सन’ प्रस्तावः राज्यलाई थप आर्थिक भार नपर्ने दावी

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीले तल्लो तहका प्रहरी कर्मचारीका लागि सेवा प्रवेशको १६ वर्षमै निवृत्तिभरण ९पेन्सन० को माग गरेका छन्। दुवै प्रहरी संगठनले आफ्नो नियमावलीमा भएको ‘२० वर्षे’ व्यवस्थालाई संशोधन गरेर माग सम्बोधन गर्न गृह मन्त्रालयमा प्रस्ताव गरेका हुन्। प्रहरी नियमावली २०७१ (२०७७ सम्म अद्यावधिक) को नियम १३१ (१) ले नेपाल प्रहरीका कर्मचारीले […]

नेपाल प्रहरीका कर्मचारीलाई १६ वर्ष सेवा अवधिमै पेन्सन दिन सरकार तयार

काठमाडौँ, ४ पुस। नेपाल प्रहरीका कर्मचारीलाई १६ वर्ष सेवा अवधिमै पेन्सन दिन सरकार तयार भएको छ । प्रहरी नियमावली संशोधन गरी न्यूनतम पेन्सन अवधि २० बाट १६ वर्षमा घटाउन लागिएको हो । तल्लो तहका प्रहरीको मागअनुसार प्रहरी प्रधान कार्यालयले पेन्सनका लागि न्यूनतम सेवाहदको प्रावधान १६ वर्ष राख्ने प्रस्ताव अघि बढाएको हो । नेपाली सेनामा पनि गत […]

नेपाल प्रहरीमा पनि पेन्सन  अवधि १६ वर्ष बनाउने तयारी

सरकारले नेपाल प्रहरीमा न्यूनतम पेन्सन अवधि १६ वर्ष बनाउने तयारी गरेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएर प्रशासन समितिमा छलफलका क्रममा रहेको प्रहरी नियमावली संशोधन गरेर यससम्बन्धी प्रावधान राख्न लागिएको हो ।  तल्लो तहका...