कुमारी बैंकको दसैं–तिहार लक्षित अफर सार्वजनिक

कुमारी बैंकले दसैं–तिहार लक्षित ‘डिजिटल धमाका अफर’ सार्वजनिक गरेको छ ।बैंकले ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहित गर्न उक्त योजना ल्याएको बताएको छ । बैंकले दसैं, तिहार र छठ पर्वको अवसरमा डिजिटल सेवा प्रदायक एफ १ सफ्ट र फोन पेको सहकार्यमा उक्त अफर ल्याएको हो ।यस योजना अन्तर्गत एक जना भाग्यशाली ग्राहकले आइफोन प्राप्त गर्न सक्नेछन् । […]