नर्सिङ लाइसेन्स परीक्षा प्रश्नपत्र आउट घटना: ५७ जना कारबाहीमा, ७ जनाले तीन वर्ष परीक्षा दिन नपाउने [नामसहित]

नेपाल नर्सिङ काउन्सिलले गत असारमा लिएको नाम दर्ता (लाइसेन्स) परीक्षामा प्रश्नपत्र आउट गर्ने र अमर्यादित कार्य गर्ने ५७ जनालाई कारबाही गरेको छ। काउन्सिलले ७ जना परीक्षार्थीलाई तीन वर्षसम्म परीक्षा नै दिन नपाउने गरी कारबाही गरेको छ भने ५० जना अन्य विद्यार्थीको नतजा स्थगित गरेको छ।