नेकपा स्थापना दिवस : आरोप र तुषमै सकियो

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवस, आज (बिहीबार) नेकपा एमाले र माओवादी केन्द्रलगायत दलले विभिन्न कार्यक्रम गरे।दिवसकै दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले एक–अर्काप्रतिको विगतको 'तुष' पनि पोखे। यसअघि तत्कालीन नेकपामा हुँदा एकले अर्कोलाई सिध्याउन लागिपरेका उनीहरू सर्वोच्च अदालतको आदेशपछि दुई पार्टीमा पहिलेकै हैसियत एमाले र माओवादी केन्द्रमा पुगेका थिए। त्यसको केही महिनापछि आज भएका दुई छुट्टाछुट्टै कार्यक