अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थ व्यवस्थापनका लागि सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने भएको छ ।
सोमबार पत्रकार सम्मेलनमार्फत अर्थमन्त्री जनार्दन शर्माले सरकारी सुविधाको इन्धन खर्च २० प्रतिशत कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको जानकारी दिनुभयो ।