काठमाडौं : केही प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम किसिमको वर्षा हुने विभागले जनाएको छ। आज बिहान गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। विभागका अनुसार बागमती प्रदेशका केही स्थानहरुमा पनि बिहान मध्यम वर्षा भएको छ।