मोटरसाइकल जुध्दा पाँच घाइते, तीनको अवस्था गम्भीर

बारा– कलैया–वीरगन्ज सडक खण्ड अन्तर्गत बाराको कलैया उपमहानगरपालिका ५ बाल मन्दिर नजिकै दुई वटा मोटरसाइकल एक आपसमा जुध्दा भएको दुर्घटनामा ५ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था अवस्था गम्भीर रहेको छ । कलैयाबाट वीरगन्ज तर्फ जाँदै गरेको बा १७ प ९९२३ नम्बरको  मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र. ०२–०२१ प ९७९५ नम्बरको मोटरसाइकल मंगलवार बिहान करीब ७ बजे एक आपसमा ठक्कर खादा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए

सम्बन्धित सामग्री

रौतहटमा म्याजिक र मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु

रौतहटको चन्द्रनिगाहपुर गौर सडकखण्डमा म्याजिक र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलमा सवार माधवनारायण नगरपालिका २ का ६५ वर्षीय परमात्मा साह र वडा ३ का ५५ वर्षीय गौकरण राय यादव रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। जिल्ला प्रहरी निमित्त  प्रवक्ता डिएसपी उमशंकर यादवका अनुसार ना१ ज ६७४९ नम्बरको म्याजिक र बा ३९ प ६८६५ नम्बरको मोटरसाइकल जुध्दा मोटरसाइकलमा सवार साह र यादव दुबै जनाको टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए । घाइते द

मोटरसाइकल जुध्दा तीनजनाको मृत्यु

५ जेठ, बुटवल । पश्चिम नवलपरासकिो बर्दघाट त्रिवेणी सडक खण्डमा दुई मोटरसाइकल एक आपसमा जुध्दा तीनजनाको ज्यान गएको छ । दुर्घटनामा परी एकजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा बर्दघाट नगरपालिका-१४ का १८ वषिर्य आशिष बीसी, बर्दघाट १६ का १८ वषिर्य अजित सिंह ठकुरी र बर्दघाट १६ कै …