पाल्पाको बगनासकाली गाउँपालिकाले फरक क्षमता (अपाङ्गता) भएका सबै व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । सरकारले यसअघि रातो र नीलो कार्ड भएकालाई मात्रै भत्ता उपलब्ध गराएकामा पालिकाले भने पहेँलो र सेतो कार्ड प्राप्त सबै अपाङ्गता भएका व्यक्तिलाई भत्ता दिने निर्णय गरेको छ । पहेँलो कार्ड भएकालाई मासिक रु ५०० र सेतो कार्ड भएकालाई मासिक रु ३०० का दरले अपाङ्गता भत्ता उपलब्ध गराउने पालिकाले निर्णय गरेको छ । ्महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक रु एक हजार रकम प्रोत्साहन दिने निर