भारतमा दुई किशोरीको बलात्कारपछि बीभत्स हत्या

काठमाडौं : भारतमा दुई किशोरीको बलात्कारपछि बीभत्स रुपमा हत्या गरिएको छ। उत्तर प्रदेश स्थित लखिमपुर जिल्लाका १५ र १७ वर्षीया बालिकाको बलात्कार पछि घर नजिकैको रुखमा झुन्ड्याएर हत्या गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। एकै घरका दुई दिदीबहिनीको उखुबारीमा बलात्कारपछि घिसारेर घाँटी थिचेर हत्या गरेको पोष्टमार्टम परीक्षणबाट पुष्टि भएको भारतीय प्रहरीले जनाएको छ। आत्महत्या जस्तो देखाउन बलात्कारीले बालिकाको शब रुखमा झुण्ड्याएको प्रहरीले जनाएको छ। एउटै गाउँका पुरुषले युवतीसँग चिनजान भ