नक्कली लाइसेन्स बनाउने यातायात कार्यालय एकान्तकुनाका १२ कर्मचारीविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय एकान्तकुनाका १२ कर्मचारीसहित १७ जनाविरुद्ध नक्कली लाइसेन्स बनाएको आरोपमा मुद्दा दायर गरेको छ ।अख्तियारले नक्कली सवारी लाइसेन्स बनाएको भन्दै मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार यातायात व्यवस्था कार्यालय एकान्तकुनाका तत्कालीन कार्यालय प्रमुख सम्बरबहादुर कार्की र राजुभाइ कुस्मासहित १२ कर्मचारी र अन्य ५ जना बिचौलियाविरुद्ध मुद्दा दायर गरिएको हो । अन्य कर्मचारीहरुमा इन्जिनियर विजयराज गिरी, सहायक कमल स्याङतान, सिनियर मेकानिक्स अच्युतप्रसाद फुयाल, कम्प्युटर अपरेटरहरु प्रकाश कार्की, रेजु भट्टराई, रोसन राजभण्डारी, श्यामसुन्दर चौधरी, लक्ष्मी श्रेष्ठ, माया सेठी, रिचा श्रेष्ठ र विचौलियाहरु हरिभक्त श्रेष्ठ, बाबुराम शर्मा भन्ने उद्धब बहादुर खत्री, दिपक विश्वकर्मा, गणेश अधिकारी र नरेन शाक्य विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।उनीहरुले विविध कारणले नवीकरण नभएका तथा स्वतः रद्द भएका सवारी चालकको नाममा जारी भएको सवारी चालक अनुमति पत्र गैरकानूनी रुपमा नवीकरणको बाटोबाट ५३३ जना नयाँ व्यक्तिको नाममा जारी गरेर सरकारी कागजात सच्याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको अख्तियारको ठहर छ ।

सम्बन्धित सामग्री

नक्कली लाइसेन्स प्रकरणका अभियुक्त पाण्डे प्रहरीको आँखा छल्दै फरार

नक्कली लाइसेन्स प्रकरणमा ‘किर्ते’ मुद्दा दायर भएपछि पाण्डे अझै फरार रहेका छन्। नक्कली लाइसेन्स बनाउन गिरोह नै चलाउने मध्येका पाण्डे यातायात कार्यालय बुटवलका तत्कालीन कम्प्युटर अपरेटर हुन्।

धनुषामा नक्कली लाइसेन्स पेश गरी शिक्षक नियुक्त यादवमाथि भ्रष्टाचार मुद्दा दायर

जनकपुरधाम । नक्कली स्थायी अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स)को आधारमा शिक्षक नियुक्त भएको भन्दै धनुषाको गणेशमान चारनाथ नगरपालिका- १० स्थित माध्यमिक विद्यालयका शिक्षक ब्रह्मदेव यादवमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । नक्कली लाइसेन्स पेश गरेर यादव २०६६ सालमा निमावि राहत कोटामा शिक्षक नियुक्त भएका थिए । उनले हालसम्म सोही पदमा कार्यरत रहेर तलबभत्ता खाँदै आएका छन् […]

नक्कली लाइसेन्स प्रकरणमा यातायातका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ- नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था कार्यालय बुटवलका प्रमुख उपसचिव केशव अर्यालसहित १५ जनाविरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । मंगलबार उनीहरूविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको हो । यातायात व्यवस्था कार्यालय बुटवलका कम्प्युटर अपरेटर लक्ष्मण पाण्डे (करार), पदम राज आचार्य, सुवास पौडेल...

नक्कली लाइसेन्स प्रकरणमा यातायातका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ- नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था कार्यालय बुटवलका प्रमुख उपसचिव केशव अर्यालसहित १५ जनाविरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । मंगलबार उनीहरूविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको हो । यातायात व्यवस्था कार्यालय बुटवलका कम्प्युटर अपरेटर लक्ष्मण पाण्डे (करार), पदम राज आचार्य, सुवास पौडेल...

नक्कली लाइसेन्स प्रकरणमा १५ जनाविरुद्ध मुद्दा दायर

नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाएर व्यक्तिगत लाभ लिएको कसुरमा १५ जनाविरूद्ध मुद्दा दायर भएको छ।

नक्कली लाइसेन्स प्रकरणमा १५ जनाविरुद्ध मुद्दा दायर

नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाएर व्यक्तिगत लाभ लिएको कसुरमा १५ जनाविरूद्ध मुद्दा दायर भएको छ।

नक्कली लाइसेन्स वितरण प्रकरण: यातायातका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । फर्जी विवरण राखेर नक्कली लाइसेन्स विवतरण गरेको आरोपमा यातायात व्यवस्था विभागका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा लिखतसम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र बुटवल कार्यालय प्रमुख उपसचिव केशव अर्याल, तत्कालीन कम्प्युटर […]

नक्कली लाइसेन्स बनाइिदएको आरोपमा १२ कर्मचारीसहित १७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार अनुसन्धान दुरुपयोग आयोगले नक्कली चालक अनुमति पत्र (लाइसेन्स) दिएको आरोपमा यातायात व्यवस्था कार्यालय एकान्तकुनाका १२ जना कर्मचारीसहित १७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन २ जना प्रमुखसहित १२ जना कर्मचारी र पाँच जना बिचौलियाविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार तत्कालीन कार्यालय प्रमुख सम्बरबहादुर कार्की र राजुभाइ […]

नक्कली लाइसेन्स बनाएको अभियोगमा १७ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय एकान्तकुनाका १२ कर्मचारीसहित १७ जनाविरुद्ध नक्कली लाइसेन्स बनाएको आरोपमा मुद्दा दायर गरेको छ । मंगलबार नक्कली सवारी लाइसेन्स बनाएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन् । अख्तियारले एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयका तत्कालीन कार्यालय प्रमुख सम्बरबहादुर कार्की र राजुभाइ कुस्मासहित १२ कर्मचारी र अन्य ५ जना बिचौलियाविरुद्ध मुद्दा दायर गरेको हो । अन्य कर्मचारीहरु

नक्कली लाइसेन्स बनाएको आरोपमा १७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली सवारी लाइसेन्स बनाएको आरोपमा १७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरको छ । यातायात व्यवस्था कार्यालय एकान्तकुनाका दुई जना तत्कालीन कार्यालय प्रमुखसहित १७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । उनीहरुमध्ये १२ जना यातायात कार्यालयमै कार्यरत कर्मचारी र पाँच जना बिचौलिया हुन् । यातायातका कार्यालयका […]