गगन थापाद्वारा कांग्रेस महामन्त्रीमा उठ्ने घोषणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगन थापाले १४औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।  आफ्नै निर्वाचन क्षेत्रअन्तर्गत काठमाडौं वडा नम्बर ३० समितिले सोमवार आयोजना गरेको कार्यक्रममा थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।  ‘आज म मेरो वडा, जसले मलाई राजनीति सिकायो, आधार भरोसा सिकायो मेरो वडाका अग्रज र साथीहरूको बीचमा १४ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु,’ थापाले भने । उनले कुन प्यानलबाट महाधिवेशन लड्ने बताएका छैनन् ।  कांग्रेस...

सम्बन्धित सामग्री

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित

कांग्रेसको १४ औं महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा विजयी भएका छन् । शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थापाले सबैभन्दा बढी ३०२३ मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका हुन् ।त्यस्तै, १९८४ मत ल्याउँदै दोस्रो स्थानमा रहेर विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा निर्वाचित भए । केन्द्रीय निर्वाचन समितिले भने मतपरिणामको औपचारिक घोषणा गर्न बाँकी छ ।

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी

काठमाडौं : नेपाली कांग्रेसको दुई महामन्त्री पदमा युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । थापाले ३ हजार २३  र शर्माले १ हजार ९ सय ८४ मत प्राप्त गरी विजयी भएका हुन्। यद्यपी केन्द्रीय निर्वाचन समितिले यसको औपचारिक घोषणा गर्न बाँकी छ। प्रकाशशरण महतले १ हजार ५ सय ५६,  प्रदिप पौडेलले १ हजार ३ सय ९३ डा. मिनेन्द्र रिजालले ८ सय ९ र राजाराम कार्कीले १०६ मत ल्याएका छन्।

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । फरक फरक गुटबाट प्रतिनिधित्व गरेका थापा र शर्मा महामन्त्रीमा विजयी भएका हुन् । निर्वाचन समितिले केहीबेरपछि औपचारिक घोषणा गर्ने जनाएको छ । थापा शेखर कोइराला प्यानलबाट उमेदवार बनेका थिए भने शर्माले स्वतन्त्ररुपमा उमेदवारी दर्ता गराएपछि पछि प्रकाशमान...

गगन थापा कांग्रेस महामन्त्रीमा विजयी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा विजयी भएका छन् । केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी रहँदा उनी प्रतिस्पर्धी उमेदवारभन्दा ठूलो मतान्तरले अगाडि छन् । मतगणना अन्तिम चरणमा पुगेको छ । सबै मत गनिसक्दा पनि गगनले सबैभन्दा बढी मत पाउने देखिएसँगै उनको जित निश्चित भएको हो । गगनको जितको औपचारिक घोषणा...

गगन थापा भन्छन् : बोल्नसक्ने र बुझिनसक्ने कांग्रेस चाहियो

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले महाधिवेशनको संघारमा आइपुग्दा पनि सभापतिबारे अन्यौलता भएको बताएका छन्। महामन्त्रीमा उम्मेद्वारी घोषणा गर्दै थापाले प्रज्ञा प्रतिष्ठानमा भने, 'मेरो सभापति को हुन्छ, अहिलेसम्म मलाई पनि थाहा छैन।' उनले बोल्नसक्ने र बुझिनसक्ने कांग्रेस चाहिएको पनि बताए। पार्टीको विषयमा अरुले बोल्दिनुपर्ने भन्दै उनले कांग्रेसकै नेताहरु बोल्न सक्ने…

महामन्त्रीमा उम्मेदवारी दिने विश्वप्रकाश शर्माकाे घाेषणा

काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आउँदाे महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गर्नुभएको छ ।वीपी स्मृति दिवसको अवसरमा आज बिहीवार काठमाण्डौको सुन्दरीजल पुग्नुभएका शर्माले महामन्त्रीमा उम्मेदवारीकाे घोषणा गर्नुभएको हो । यसअघि कांग्रेसका नेता गगन थापा र प्रदीप पौडेलले पनि महामन्त्रीमा उठ्ने बताइसक्नु भएको छ ।तीन वटा चुनाव लगातार जितेर १५ वर्षमा देश बनाउने वीपी कोेइरालाको परिकल्पनालाई सम्बोधन गर्न पनि आफूले पार्टीभित्रका सबै नेता र कार्यकर्ताको साथ, सहयोग र समर्थन पाएर पार्टीको महामन्त्र...

कांग्रेस धेरै ब्युरोक्रेटिक भयो, म जनताको जीवनसँग जोड्छु : गगन थापा

कांग्रेसका युवा नेता गगन थापाले केही समयदेखिको अनुमानलाई पूर्णविराम लगाउँदै १४ औं महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा थापाले उम्मेदवारीको घोषणा गरेका हुन् । यसअघि १३ औं महाधिवेशनमा पनि थापा महामन्त्रीको प्रतिस्पर्धी रहेका थिए । त्यस समयमा उनी तेस्रो स्थानमा आएका थिए । महाधिवेशन आउन तीन महिना अघि नै  उनले महामन्त्रीको उम्मेदवारी किन घोषणा गरे ?