बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेका छन् ।
साँझ बसेको सो बैठकमा मुख्यमन्त्रीले आफूले राजीनामा दिन लागेको जानकारी गराएका छन् । पार्टीभित्रको संकटका कारण आफूले राजीनामा दिन लागेको बताउँदै अब मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य बन्ने जानकारी गराएका थिए ।
बैठकलगत्तै प्रदेश प्रमुख कार्यालयमा गएर आफू राजीनामा दिने उनले बैठकलाई बताएका थिए ।
यसअघि एमाले संसदीय दलको बैठकमा शाक्यलाई संसदीय दलको नेता चयन गरिएको थियो । मुख्यमन्त्रीले राजीनामा दिने भएपछि प्रदेश प्रमुखको सचिवाल...