धनुषामा बच्चा अपहरणको आरोप लागेका तीन जना व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले बच्चा अपहरण अभियोगमा पक्राउ परेकालाई बिहीबार सार्वजनिक गरेको छ ।
जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।