केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद कुमार दुगड “प्रबल जनसेवाश्री” बाट सम्मानित

केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक, समाजसेवी एवम् उद्योग व्यवसायी कुमुद कुमार दुगडलाई “प्रबल जनसेवाश्री” पदकबाट विभूषित गरिने घोषणा भएको छ। देशको सामाजिक, आर्थिक लगायत मुलुकको समग्र औद्योगिक, व्यावसायिक क्षेत्रको विकासमा उनले पुर्‍याउँदै आएका योगदानको कद्दर स्वरूप संविधान दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट उहाँलाई “प्रबल जनसेवाश्री” पदकबाट विभूषित गरिने भएको हो।