संक्रमणकालीन न्यायसम्बन्धी काम टुंगो लगाउँछु : कानुनमन्त्री शर्मा

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा पौडेल (कोइरालाले) संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी काम टुंगो लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा बिहीबार पदभार ग्रहण गर्दै मन्त्री शर्माले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयको टुंगो लगाउन सर्वोच्च अदालतको दिशानिर्देशअनुसार अगाडि बढ्ने बताएका हुन् ।

सम्बन्धित सामग्री