अपर हेवाखोला हाइड्रोपावरको आईपीओ बाँडफाँट, १३ लाखभन्दा बढीको हात खाली

अपर हेवाखोला हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । आज बाँडफाँट भएको कम्पनीको सेयरमा आवेदन गरेका १३ लाख १३ हजार २५३ जनाको हात खाली भएको छ ।१ लाख ३९ हजार ५०० जनाले १० कित्ताका दरले आईपीओ पाउँदा उक्त आवेदकको हात खाली भएको हो । कम्पनीले असार २४ गतेदेखि २९ गतेसम्म सेयर बिक्री खुलाएको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित १५ लाख कित्ता आईपीओमा आवेदन खुलाइएको थियो । जसमध्ये ३० हजार कित्ता कर्मचारीलाई र सामूहिक लगानी कोषलाई ७५ हजार कित्ता सेयर छुट्याइएको थियो ।उक्त आईपीओमा १४ लाख ५५