न्युक्लियर सम्झौतामा नयाँ वार्ताको प्रस्ताव इरानद्वारा अस्वीकार

१८ माघ, काठमाडौं । इरानले सन् २०१५ मा अमेरिकासहितका मुलुकहरुसँग भएको न्युक्लियर सम्झौताबारे पुनः वार्ता गर्ने वा यसमा केही परिवर्तन गर्ने प्रस्ताव अस्वीकार गरेको छ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले इरानसँग हुने नयाँ वार्तामा साउदी अरेबिया पनि सहभागी हुनुपर्ने बताएका थिए । इरानको विदेश मन्त्रालयका प्रवक्ता सइद खातिब्जादेहले यो संयुक्त राष्ट्रसंघसहितको बहुपक्षीय सम्झौता भएकाले यसमा […]