कमोडिटी ठगी प्रकरण: मेक्स नेपालको बन्दी प्रत्यक्षीकरणको रिट उच्च अदालत पाटनले गर्‍यो खारेज

ठगी मुद्दामा बाहिरै बसेर लड्न पाउनुपर्ने माग गर्दै मेक्स नेपालका प्रवक्ता नरेन्द्रप्रसाद भट्टसहितका चार जनाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट उच्च अदालत पाटनले खारेज गरेको छ ।