स्वतन्त्र र भयरहित वातावरणमा चुनाव गर्न सञ्चार क्षेत्रको योगदान आवश्यक : राष्ट्रपति

राष्ट्रपति विद्या भण्डारीले आसन्न स्थानीय तह निर्वाचनलाई स्वतन्त्र एवम् भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सञ्चार क्षेत्रले योगदान पुर्याउनुपर्ने बताएकी छन् । राष्ट्रपति भण्डारीले निष्पक्ष सूचना सम्प्रेषणको माध्यामबाट सञ्चार क्षेत्रले स्थानीय तह निर्वाचनलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि योगदान पुर्याउनुपर्ने बताएकी हुन् ।राष्ट्रिय पत्रकारिता दिवस–२०७९ को अवसर पारेर शनिबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहमा बोल्दै उनले जिम्मेवार पत्रकारिताको माध्यामबाट नागरि