आजदेखि ४० माइक्रोनभन्दा पातला प्लास्टिकको झोलामा पूर्ण प्रतिबन्ध, उत्पादन र प्रयोग गरे कारबाही

काठमाण्डाै – सरकारले आजदेखि काठमाण्डौ उपत्यकामा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ । ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन र कारोबार भए नभएको बारे आजैदेखि अनुगमन थाल्ने वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज ठाउँ ठाउँमा अनुगमन टोली खटिनेछ । ४० माइक्रोन भन्दा पातला झोला प्रयोग नगर्न नगराउन सम्झाईबुझाई गरिने छ । तर, अटेर गरेमा वातावरण संरक्षण ऐन अनुसार कारबाही गरिने उहाँले बताउनुभयो । पहिलो चरणमा...